गोरखा घर भएका अधिवक्ता र ब्यापारी छ महिनादेखि काठमाण्डौबाट सम्पर्कबिहीन

गोरखा घर भएका अधिवक्ता र ब्यापारी छ महिनादेखि काठमाण्डौबाट सम्पर्कबिहीन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ साउन २०८२
  • 6K
    Shares

पोखरा, ४ साउन २०८२।

गोर्खा घर भएका एक जना अधिवक्ता र अर्का ब्यापारी बिगत छ महिनादेखि काठमाण्डौबाट सम्पर्कबिहीन भएका छन्।

गोरखा नगरपालिका ३ स्थायी घर भई काठमाडौं बालाजु बस्दै आएका ६७ बर्षका अधिवक्ता शंकरप्रसाद अर्याल र सिरानचोक गाउँपालिका ८ जौबारी घर भै काठमाण्डौमा ब्यापार ब्यबसाय गर्दै आएक प्रशान्त सिलवाल बिगत छ महिनादेखि सम्पर्कबिहिन भएका हुन्।

बिहान आठ बजे मर्निङवाक जान भने बालाजुस्थित घरबाट निस्किएका ६७ वर्षीय अधिबक्ता अर्याल आजसम्म घर नफर्किएको अर्यालकी पत्नी सुभद्रा अर्यालले जानकारी दिएकी छिन्। उनले अघि भनिन्, ‘फर्कनुहोला, फर्कनुहोला भनेर कुर्दाकुर्दै पाँच महिना बितेर ठ्याक्कै छ महिना लाग्यो । फोन सम्पर्क गरौँ भने मोबाइल पनि घरमै छोड्नु भएको रहेछ ।’ राम्रो, नराम्रो केही पनि खबर पाउन नसकेको उनले बताइन् ।

खोजतलासका सबै उपाय अपनाइसक्दा पनि फेला पार्न नसकेकाले आफन्तजनहरु विक्षिप्त भएको उनको भनाइ छ ।

‘सामाजिक सञ्जालहरुमा सूचना गरिएको छ । इष्टमित्र, उहाँको साथीभाइ सबैतिर सोधखोज गरेका छौँ । काठमाडौं, ललितपुर, भक्तपुर, गोरखा, तनहूँ, लम्जुङ, चितवन, नवलपरासीका सबै प्रहरी कार्यालयमा पनि खबर गरेका छौं’, उनले भनिन्, ‘शुभ, अशुभ केही खबर आएको छैन ।’ भेट्नुहुने, फेलापार्नु हुनेहरुले खबर गरेर सहयोग गरिदिन उनले अनुरोध गरेकी छिन् ।

त्यसैगरी सिरानचोक गाउँपालिका ८ जौबारीका प्रशान्त सिलवाल पनि बिगत छ दिनदेखि सम्पर्कबिहिन भएका छन् । काठमाडौंमा व्यापार गरी बस्ने ४२ बर्षका सिलवाल एकाएक घरैबाट सम्पर्कबिहिन भएका उनका भाइ विनय सिलवालले जानकारी दिए ।

उनको मोबाइल स्वीच अफ छ । सम्पर्कबिहिन भएपछि आफन्तजनले सामाजिक सञ्चालमार्फत तथा विभिन्न जिल्लाका प्रहरी कार्यालयहरुमा खोजी गरिदिन अनुरोध गरिएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार