पोखरा, ४ साउन २०८२।
वडा प्रहरी कार्यालय बैदाम पोखराका प्रमुख डिएसपी सन्तोष निरौलाको काज सरुवा भएको छ।
हाल कार्यरत रहेको स्थानमा एक वर्ष कार्यकाल पूरा गरेका २० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको काज सरुवा गर्ने क्रममा वडा प्रहरी कार्यालय बैदाम पोखराका प्रमुख डिएसपी निरौलाको काज सरुवा भएको हो। उनको स्थानमा डिएसपी नमराज भट्टराई नयाँ कार्यालय प्रमुखको रुपमा वडा प्रहरी कार्यालय बैदाममा आउदैछन।
प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले एक वर्ष कार्यकाल पूरा गरेका २० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको काज सरुवा गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार, भोजपुरमा राजु लामा, सल्यानमा हेम केसी, अछाममा ओमप्रकाश खनाल र बझाङमा खगेन्द्र धमलाको काज सरुवा भएको छ ।
काज सरुवाबारे प्रहरी कर्मचारी प्रशासनले सम्बन्धित प्रहरी अधिकारीलाई मात्रै जानकारी गराएको छ ।