काठमाडौँ, २ साउन २०८२।
पाँचथरमा ससुराली जाँदै गरेका दाजुभाइलाई कुटपिट हुँदा भाइको मृत्यु भएको छ भने दाजु घाइते भएका छन्।
ससुराली जाँदाजाँदै दाजुभाइको बाटैमा झगडा भए पछि पाँचथरमा दाइले भाइको हत्या गरेका छन्।
आफ्नो ३२ वर्षीय दाजु निरोज चापागाईंको साथ लागेर उनकै ससुराली गई रहेका पाँचथरको माइजोगमाई गाउँपालिका–२ का २१ वर्षीय प्रकाश चापागाईंको हत्या भएको हो।
ससुराली जाँदा इलामको सूर्योदय नगरपालिका–१ स्थित शिरिसेमा स्थानीय काजी तामाङको घरमा उनीहरूको ३३ वर्षीय किरण शेर्पासँग भनाभनका साथमा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
सोहि क्रममा किरण शेर्पाको कुटपिटबाट भाइ प्रकाश चापागाईंको हत्या भएको र दाजू निरोज चापागाईं घाइते भएको प्रहरीले बताएको छ। गम्भीर घाइते निरोजलाई उपचारका लागि फिक्कल पठाइएको छ।
घटनापछि आरोपी शेर्पालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको जनाएको छ। झगडाको कारणबारे यकिन खुल्न नसकेको प्रहरीले जनाएको छ।