कास्कीको फेदीबाट पांच जना जुवाडे समातिए

कास्कीको फेदीबाट पांच जना जुवाडे समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३१ असार २०८२
  • 7.5K
    Shares

पोखरा, ३१ असार २०८२।

पोखरा-बागलुङ राजमार्ग अन्तरगत कास्की जिल्लाको फेदीमा जुवातास खेलिरहेका पांच जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगर पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला सोमबार दिउसो पोखरा-बागलुङ राजमार्ग अन्तरगत पर्ने कास्की जिल्लाको माछापुच्छ्रे गाँउपालिका वडा नं.०७ फेदीमा जुवातास खेलिरहेका पांच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा माछापुच्छ्रे गाउपालिका वडा नं. ७ फेदी बस्ने बर्ष ४१ को बिनोद गुरुङ, सही ठाउँको ५३ वर्षीय धिर बहादुर गुरुङ, ४७ वर्षीय कृष्ण बहादुर गुरुङ, माछापुच्छ्रे ८ ल्वाङघलेलका ४० वर्षीय चन्द्रमान तामाङ र पोखरा महानगरपालिका वडा नं. २५ सुईखेत बस्ने बर्ष ४० को गंगा बहादुर
थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। उनीहरुको साथबाट नगद ७३ हजार चारसय १०रुपियाँ र चार बुक तास पनि बरामद भएको प्रहरीले दाबी गरेको छ।

पक्राउ परेका पाँचै जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा,
सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार