सुनसरीमा गएराती भारतीयद्वारा सालीको गोली हानेर हत्या

सुनसरीमा गएराती भारतीयद्वारा सालीको गोली हानेर हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३० असार २०८२
  • 5.2K
    Shares

पोखरा, ३० असार २०८२।

सुनसरीमा एक पुरुषले गोली हानेर आफ्नी सालीको हत्या गरेका छन्। जिल्लाको हरिनगर गाउँपालिका–६ का आजात मियाँले साली अर्चना खातुनको गोली हानी हत्या गरेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

गएराति करिब दुई बजेतिर भिनाजुले गोली हान्दा सालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए । गोली हान्नुको कारण भने खुलेको छैन। घरमा मृतक खातुन र उनकी बहिनी मात्रै बस्दै आएका प्रहरीले जनाएको छ।

गोली प्रहार गर्ने मियाँ भारतीय नागरिक हुन्। उनी राति राति मात्रै सालीहरु बस्ने गरेको कोठामा आउने गरेका प्रहरीको भनाई छ। घटनापछि उनी फरार छन्।

हत्यामा संलग्न मियाँ आपराधिक पृष्ठभूमिका व्यक्ति रहेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार