पोखरा, २९ असार २०८२।
आफ्नै बालगृहमा संरक्षित किशोरीलाई पटक-पटक बलात्कार गरेको अभियोगमा मकवानपुरमा संचालित एक बालगृहका अधिकारी काठमाण्डौमा पक्राउ परेका छन्।
सांग्रीला डेभलपमेन्ट एसोसिएसनले मकवानपुरको कैलाश गाउँपालिका-३ मा विपन्न र जोखिममा परेका बालबालिकाका लागि सञ्चालन गर्दै आएको बालगृहका अधिकृत ४८ वर्षीय मधुसुदन राउत सोही बालगृहमा संरक्षित १७ वर्षीया किशोरीलाई पटक – पटक बलात्कार गरेको अभियोगमा काठमाण्डौको काँडाघारी क्षेत्रबाट शुक्रबार दिउँसो पक्राउ परेका हुन्।
पिडित किशोरीले असार ८ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राउत विरुद्ध जाहेरी दर्ता गरेकी प्रहरीले जानकारी दिएको छ। पनि राउत पक्राउ परेका थिएनन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले दिएको जानकारी अनुसार , पिडित १७ वर्षीया किशोरीका बाबुको केही वर्षअघि दुर्घटनामा मृत्यु भएको थियो भने आमा सम्पर्कविहीन छिन् । मामाघरको हजुरआमासँग बसिरहेकी उनी कमजोर आर्थिक अवस्थाका कारण बालबालिका संरक्षणका लागि खोलिएको भनिएको उक्त होस्टेलमा बस्दै आएकी थिइन् । तर, गत जेठ १ गतेदेखि ८ गतेसम्म होस्टेल प्रमुख मधुसुदन राउतले आफूलाई पटक-पटक बलात्कार गरेको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेकी छिन् । कोठामा दुध पुऱ्याउन गएको बेला आफूमाथि होस्टेल प्रमुख राउतले पटक – पटक आफुलाई वलात्कार गरेको पिडित किशोरीले प्रहरीमा दिएको जाहेरीमा खुलाएकी छिन। ती किशोरीमाथि १८ महिना पहिले पनि बलात्कार भएको भन्दै उजुरी परेको थियो ।