नयाँ शक्तिको कास्की जिल्ला समितिको बिस्तारित बैठक सकियो : के के भए निर्णय ?

नयाँ शक्तिको कास्की जिल्ला समितिको बिस्तारित बैठक सकियो : के के भए निर्णय ?


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २९ असार २०८२
  • 5.8K
    Shares

पोखरा, २९ असार २०८२।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) कास्की जिल्ला समितिले बिस्तारित बैठक बोलाएर विभिन्न नेताहरुलाऊ फरक जिम्मेवारी दिएको छ।

पार्टीका विश्वासिला र भरपर्दो ठानिएका नेताहरु किरण थापा ‘आमोद’ र पत्रकार राजु क्षेत्रि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको अवस्थामा नयाँ शक्तिको कास्की जिल्ला समितिले बिस्तारित बैठक बोलाएर विभिन्न नेताहरुलाऊ फरक जिम्मेवारी दिएको हो ।

पोखरामा सम्पन्न कास्की जिल्ला समितिको बिस्तारित बैठकले पार्टीका जिल्ला संयोजक कृष्णवहादुर रानाभाट र सहसंयोजक विष्णु प्रसाद शर्मा अर्याललाई क्षेत्रको संयोजन गर्ने जिम्मेवारी दिएको छ भने क्षेत्र न १ मा नारायण सुवेदी , क्षेत्र न २ मा दिपक भण्डारी , क्षेत्र न ३ मा शिबवहादुर अधिकारी, रुपा गाउपालिका कार्यालय, पोखरा महानगरपालिकामा तिलक तिवारी, मादी गाउपालिकामा अपार अधिकारी, माछापुच्छ्रेमा आर सि के सि, अन्नपुर्णमा चेतनाथ भण्डारीलाई संयोजक तोकिएको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) कास्की जिल्ला समितिले जानकारी दिएको छ। त्यस्तै समाजवादी विद्यार्थी युनियन कास्की संयोजकको जिम्मेवारी दिइएको छ भने गण्डकी बिश्वबिद्यालय संयोजकमा राजन भन्डारीलाई र सहसंयोजक सदिक्षा खनाल, सुविना राइको जिम्मेवार तोकिएको प्राप्त समाचारमा जनाइएको छ ।

बैठकमा संगठन विस्तार, समसामयिक राजनीतिक परिस्थितिमा पार्टीको भूमिका, जनसंघर्षलाई अझ सशक्त बनाउने रणनीति, तथा आगामी कार्यदिशाबारे गहन छलफल भएको पार्टीका केन्द्रीय सदस्य टिकाराम पौडेलले जानकारी दिए।

सोहि बिस्तारित वैठकले गण्डकी प्रदेशका ११ जिल्लामा आगामी श्रावण ११ गते जिल्ला प्रशाशन कार्यलयमा गरिने धर्ना कार्यक्रम कास्की जिल्लामा पनि गर्ने निर्णय गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य टिकाराम पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त बिस्तारित बैठकमा पार्टीका केन्द्रीय सदस्यहरु दुर्गा गुरुङ, कर्ण गुरुङ, लाल बहादुर विक, गण्डकी प्रदेश संयोजक नेत्र चापागाईं, निवर्तमान केन्द्रीय सदस्य दीपक भण्डारी, सिव बहादुर अधिकारी तथा निवर्तमान प्रदेश सचिव सुनिल पौडेलज्यूहरूको उपस्थिति रहेको थियो।

पार्टीका कास्की जिल्ला अध्यक्ष कृष्ण बहादुर रानाभाटको अध्यक्षतामा भएको उक्त बैठकमा स्वागत मन्तव्य तिलक तिवारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन विशाल तिमिल्सिनाले गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार