पोखरा, २६ असार २०८२।
अस्ट्रेलियामा भएको सडक दुर्घटनामा परी एक नेपाली युवाको मृत्यु भएको छ। तेह्रथुम जिल्ला म्याग्लुङका २७ वर्षीय रोजन पौडेलको अस्ट्रेलियामा भएको सडक दुर्घटनामा परी मृत्यु भएको हो ।
पौडेलको अस्ट्रेलियाको मेलबर्नमा कामबाट फर्कने क्रममा बाटो क्रस गर्दा सडक दुर्घटनामा परी मृत्यु भएको समाचार सोतहरुले जानकारी दिएका छन्।