अवरुद्ध नारायणगढ-बुटवल सडकखण्डको दाउन्नेमा सडक खुल्यो

अवरुद्ध नारायणगढ-बुटवल सडकखण्डको दाउन्नेमा सडक खुल्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २६ असार २०८२
  • 5.5K
    Shares

पोखरा, २६ असार २०८२।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा अवरुद्ध सडक खुलेको छ ।

बर्दघाट नगरालिका –४ खुर्सानी खोला नजिक सडक र ट्रक दुवै भासिएर अवरुद्ध सडक दिउँसो साढे एक बजेपछि खुलेको हो ।

रातिदेखि अवरुद्ध खण्डमा आवश्यक मर्मत गरी एकतर्फी सडक सुचारु गरिसकिएको पश्चिम नवलपरासी प्रहरी कार्यालयका सूचना अधिकारी बिरदत्त पन्तले जानकारी दिए ।

केही समयमा दुईतर्फी यातायात सुचारु हुने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार