टाउरा टिप्न जाँदा त्रिशूली नदीको बाढीमा फँसेका श्रीमान-श्रीमतीको हेलिकप्टरबाट उद्धार (भिडियोसहित)

टाउरा टिप्न जाँदा त्रिशूली नदीको बाढीमा फँसेका श्रीमान-श्रीमतीको हेलिकप्टरबाट उद्धार (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २४ असार २०८२
  • 10K
    Shares

पोखरा २४ असार २०८२।

नुवाकोटमा त्रिशुली नदीको बाढीमा फसेका श्रीमान-श्रीमतीको सकुशल उद्धार भएको छ । झन्डै तीन घण्टापछि नेपाली सेनाको हेलिकप्टरले नुवाकोट, विदुर नपा -१ लभ डाडा मिलन चौतारा बस्ने बर्ष ६७ को पाल्देन तामाङ र श्रीमती बर्ष ६२ को मंगली तामाङको सकुशल उद्धार गरेको हो ।

आकस्मिक आएको बाढीकाकारण नुवाकोटको विदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा दुईजना फसेका थिए ।

बाढीमा फसेकाहरू सिसौको रुखको आड लिएर बसिरहेको अवस्थामा हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

हाल त्रिशूली नदीले सतर्कता तह पार गरेको छ । असार २४ गते बिहान ६:३० बजे नुवाकोटस्थित बेत्रावती जलमापन केन्द्रमा त्रिशूली नदी जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260