पोखरा १९ असार २०८२।
वलात्कार प्रयास आरोपमा दोषी ठहर भएका एक व्यक्ति स्याङ्जामा पक्राउ परेका छन्।
पक्राउ परेका व्यक्ति चापाकोट नगरपालिका वडा नम्बर ०९ सुन्तलीटार बस्ने ५० वर्षीय ध्रुवराज भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले आज भण्डारीलाई पक्राउ गरेको हो। जिल्ला अदालत स्याङ्जाले भण्डारीलाई जबरजस्ती करणी उद्योग मुद्दामा दोषी ठहर गर्दै तीनवर्ष छमहिना कैद र एकलाख ५० हजार रुपियाँ जरिवाना गरेको थियो। अदालतले दोषी ठहर गरे पनि उनी फरार नै थिए।
आज पक्राउ परेका भण्डारीलाई फैसला कार्यान्बयनका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।