लेखनाथको भण्डारढिकमा बसले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु

लेखनाथको भण्डारढिकमा बसले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १९ असार २०८२
  • 22.6K
    Shares

पोखरा १९ असार २०८२।

गएराती लेखनाथको भण्डारढिकमा बसले ठक्कर दिंदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।

कास्कीको पोखरा महानगरपालिका– २९ भण्डारढिकस्थित सडकमा ग. १ प. १९९ नम्बरको बसको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ४५ वर्षीय बुद्धिबहादुर परियारको बुधवार राति मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको साबिक पश्चिम क्षेत्रीय अस्पताल पोखरा हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त दुर्घटनापश्चात आबश्यक अनुसन्धानका लागि बस चालकलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार