पोखरा १९ असार २०८२।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका–७ डिहिडाँडामा बोलेरो क्याप जिप (गाडी नं. लु १ ज ४८७०) दुर्घटना भएको छ। जंगलको भीरबाट तल खसेको उक्त गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। गाडीमा सवार तीन जनामध्ये एक जना सामान्य घाइते भएका छन् भने अन्य दुईजना सकुशल रहेका छन्। मानवीय क्षति गम्भीर नभएको र घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घटनास्थलमा स्थानीयवासी र सुरक्षाकर्मीहरूको सहयोगमा उद्धार गरिएको छ।