कन्चनपुरमा गएराती जिपले इलेक्ट्रोनिक स्कुटरलाई दियो ठक्कर : हार्डवयर ब्यबसायी चन्दको मृत्यु

कन्चनपुरमा गएराती जिपले इलेक्ट्रोनिक स्कुटरलाई दियो ठक्कर : हार्डवयर ब्यबसायी चन्दको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ असार २०८२
  • 6.3K
    Shares

पोखरा १८ असार २०८२।

कन्चनपुरमा गएराती जिपले इलेक्ट्रोनिक स्कुटरलाई ठक्कर दिंदा एक जना हार्डवयर ब्यबसायीको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु.प.प्र.०४–००१ च ००१३ नम्बरको बोलेरो पिकअप जिपले विपरित दिशाबाट आउदै गरेको इलेक्ट्रोनिक स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक हार्डवयर ब्यबसायी दिपक चन्दको मृत्यु भएको हो।

प्रहरीका अनुसार , भीमदत्त नगरपालिका–४ गोवरियाका स्थायी बासिन्दा चन्द सवार इलेक्ट्रोनिक स्कुटरलाई उक्त जिपले जिल्लाको वेदकोट नगरपालिका–३ दैजी बजारमा मङ्गलबार राति ठक्कर दिएको थियो । जिपको ठक्करबाट गम्भीर घाइते भएका चन्दलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याइएकोमा उनको उपचाराकी क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

उक्त दुर्घटना पश्चात आबश्यक अनुसन्धानका लागि भन्दै प्रहरिले ठक्कर दिने जीप र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार