चप्पल किन्न घरबाट निस्किएका बृद्ध तीन दिनपछि गोरखामा मृत भेटिए

चप्पल किन्न घरबाट निस्किएका बृद्ध तीन दिनपछि गोरखामा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ असार २०८२
  • 4.4K
    Shares

पोखरा १८ असार २०८२।

चप्पल किन्न भनेर घरबाट निस्किएका बृद्ध तीन दिनपछि गोरखामा मृत भेटिएका छन्।

चप्पल किन्न भनेर घरबाट निस्किएका आरुघाट गाउँपालिका-४ थुमीकाे धारश्वाराका ७१ वर्षीय क्षेत्रबहादुर थापा तीन दिनपछि मृत भेटिएका हुन्।

बृद्ध थापाको शब सोही ठाउँस्थित गुइखोला (खहरे) दोभानमा मंगलबार फेला परेकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

प्रहरीका अनुसार , असार १६ गते साँझ ७ बजे चप्पल किन्न भनेर घरबाट निस्किएका उनी राती घर नफर्किए पछि आफन्त, स्थानिय र प्रहरीले गरेको खाेजीमा मंगलबार बिहान ८:३० बजे दाेभानमा मृत्त अवस्थामा फेला परेकाे सूचना अधिकारी सुवेदीले बताए ।

थापाकाे शव पाेष्टमार्टम गरी आवश्यक कानूनी प्रकृया पुरा गरेर शव आफन्तलाई बुझाइएकाे प्रहरीले जनाएकाे छ ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेकाे जनाएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार