मकवानपुरमा एकाबिहानै कोइला बोकेको भारतीय ट्रक दुर्घटनाग्रस्त : चालकको मृत्यु, सहचालक गम्भीर घाइते

मकवानपुरमा एकाबिहानै कोइला बोकेको भारतीय ट्रक दुर्घटनाग्रस्त : चालकको मृत्यु, सहचालक गम्भीर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ असार २०८२
  • 7.1K
    Shares

पोखरा १७ असार २०८२।

मकवानपुरमा आज बिहान कोइला बोकेको ट्रक दुर्घटनाग्रस्त हुँदा चालकको मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन्।

भारतको वनारसबाट रिद्दिसिदी सिमेन्ट उद्योगका लागि कोइला लिई आउँदै गरेको युपी६१एटी ०९६२ नम्बरको लहरी ट्रक पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै आज बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको हो भने सहचालक घाइते भएका छन्।

उक्त ट्रक दुर्घटनामा परेर ट्रक चालक भारतको गाजीपुर जिल्ला पुरैनियाँ निवासी ४५ वर्षीय महेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका सहचालक भारतको सोही स्थानका २६ वर्षीय मनोज यादवको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार