तीन जना बालिका भारत लैजाँदै गरेका तीन भारतीयसहित चार जना रुपन्देहीको कालीदह नाकाबाट पक्राउ

तीन जना बालिका भारत लैजाँदै गरेका तीन भारतीयसहित चार जना रुपन्देहीको कालीदह नाकाबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ असार २०८२
  • 9.3K
    Shares

पोखरा १७ असार २०८२।

तीन जना बालिकालाई भारततर्फ लैजाँदै गरेका ४ जना नेपाल–भारत सीमाबाट पक्राउ परेका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित नेपाल–भारत सीमावर्ती कालीदह नाकाबाट तीन जना बालिकालाई भारततर्फ लैजाँदै गरेका चार जना भारतीय पक्राउ परेका हुन्।

प्रहरीका अनुसार , पक्राउ परेकामा भारत उत्तर प्रदेश राज्यअन्तर्गत गोरखपुर जिल्लाको कैम्पियरगन्ज कुँवर बलुवा निवासी ३८ वर्षीया गीता गौड, १९ वर्षीया नेहा पाण्डे, सोही ठाउँ निवासी २६ वर्षीय प्रमोद कुमार धोबी र नेपाल रुपन्देही गैडहवा गाउँपालिका–६ निवासी १९ वर्षीया निर्मला लोध रहेका छन् ।

उनीहरुविरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोप लगाएको छ। उनीहरुलाई आइतबार दिउँसो तीन जना नेपाली बालिकालाई ललाइफकाइ भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार उनीहरू लामो समयदेखि सीमा क्षेत्रमा सक्रिय रहेर नेपाली बालबालिका र किशोरीलाई विभिन्न प्रलोभन देखाई भारततर्फ लैजाने प्रयासमा संलग्न थिए । नियन्त्रणमा लिइएका चारै जनाविरुद्ध आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार