अमेरिका पठाईदिने प्रलोभन देखाएर ७५ लाख रुपियाँ ठगी : काठमाण्डौमा समातिए तनहुँका पाण्डे

अमेरिका पठाईदिने प्रलोभन देखाएर ७५ लाख रुपियाँ ठगी : काठमाण्डौमा समातिए तनहुँका पाण्डे


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ असार २०८२
  • 8.1K
    Shares

बैदेशिक रोजगार ठगी आरोपमा पक्राउ परेका तनहुँ का रन्जन पाण्डे

पोखरा १७ असार २०८२।

अमेरिका पठाईदिमे प्रलोभन देखाएर मोटो रकम ठगी गरे पछि सम्पर्कबिहीन भएका तनहुँका एक जना युवा काठमाण्डौमा समातिएका छन्।

तनहुँको व्यास नगरपालिका–१२ स्थायी घर भई हाल काठमाडौं चन्द्रगिरी नगरपालिका–७ मा बसोबास गर्दै आएका ३० वर्षीय रञ्जन पाण्डे अमेरिका पठाईदिमे प्रलोभन देखाएर मोटो रकम ठगी गरेको आरोपमा समातिएका हुन्।

अभियुक्त पाण्डेले अमेरिका पठाइदिने प्रलोभन देखाउँदै ७५ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम ठगी गरी सम्पर्कबिहिन भएको भन्दै उजुरी परे पछि पाण्डेलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

प्राप्त जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाएको जनाएको छ।

प्रहरीले यस प्रकारका प्रलोभनमा नपर्न नागरिकलाई आग्रह गर्दै, यस्ता गिरोहविरुद्ध निगरानी र कानुनी प्रक्रिया कडाइका साथ अघि बढाइने जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार