पोखरा १७ असार २०८२।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि गरेको छ । निगमले साेमबार प्रेस विज्ञप्ति जारी गर्दै मंगलबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि गरेको हो ।
प्रतिलिटर पेट्रोलमा पांच रुपैयाँ र डिजेल तथा मट्टितेलमा चार रुपैयाँ मूल्य बढाइएको निगमले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै आन्तरिक हवाई इन्धनमा सात रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ६० डलर मूल्य बढेको छ ।
