हाडनाता करणी मुद्दामा दोषी ठहर एकैघरका दाजुभाई धरानबाट पक्राउ

हाडनाता करणी मुद्दामा दोषी ठहर एकैघरका दाजुभाई धरानबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १६ असार २०८२
  • 11.9K
    Shares

पोखरा १६ असार २०८२।

हाडनाता करणी मुद्दामा दोषी ठहर भएका एकैघरका दाजुभाइ धरानबाट पक्राउ परेका छन्।

जिल्ला अदालत सुनसरीले गत वर्ष माघ ९ गते हाडनाता करणी मुद्दामा दोषी ठहर गरेका धरान उपमहानगरपालिका–६ का ४० वर्षीय अर्जुन कुमार राई र उनका भाइ ३० वर्षीय भक्त बहादुर राईलाई प्रहरीले धरानबाट पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये दुबै जना एकै घरका दाजुभाइ हुन्। पीडित दुवै जनाका भाउजू र बुहारी पर्ने महिला हुन्। अदालतले उक्त मुद्दामा दुवै जनालाई १० वर्ष ७ महिना २ दिन कैद सजाय र रु. ४० हजार रुपियाँ जरिवाना तोकेको थियो।

घटनाका मिति, स्थान, जाहेरी र मुद्दा छुट्टाछुट्टै भए पनि अदालतले फैसला एउटै दिन सुनाएको थियो। तर फैसला कार्यान्वयन हुनु अघि नै उनीहरु फरार भएका थिए। अदालतको फैसला क्रमशः मुद्दा नं. ०७९-C१-०१४८ र ०७९-C१-०१४९ मा भएको हो।

उनीहरुलाई धरानमा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा शनिबार इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले पक्राउ गरेको हो।

पक्राउपश्चात् दुबै जनालाई अदालतको आदेश बमोजिम आवश्यक कारवाहीको लागि जिल्ला अदालत सुनसरी पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार