पोखरा १४ असार २०८२।
पोखरा महानगरपालिकाको लेखनाथस्थित सुन्दरीबजारमा आज बिहानै बस पल्टिदा दुई जना घाइते भएका छन्।
काठमाडौंदेखि पोखरा आउँदै गरेको ग १ ख १८८८ नम्बरको यात्रुबाहक बस शनिबार बिहान साढे ४ बजे पोखरा–२६, सुन्दरीबजारमा पल्टिदा दुई जना घाइते भएका हुन्।
चालक र सहचालकसहित ९ जना यात्रुमध्ये दुई जना घाइते भएको र उनीहरुको उपचार भएको प्रहरीले जानकारी दिएको छ।
तीव्र गतिमा रहेको गाडी चालकले नियन्त्रण गुमाउँदा नालीमा खसेर पल्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।