पोखरा १४ असार २०८२।
सिराहामा एक युवाको हत्या भएको छ। सिराहा जिल्लाको अर्नमा गाउँपालिका १ बुदियाचापका ४३ वर्षीय अजय महराको हत्या भएको हो।
शनिबार बिहान घरभन्दा केही पर मुलिफ अलि मन्सुरको आँपको रुखमुनि उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए । घाँटीमा गम्छाले बेरिएको अवस्थामा बिहान शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।
कुटपिट पश्चात घिसारेर उनको हत्या गरेको जस्तो देखिएको छ । मृतकको घाँटीमा पनि गम्छा बेरिएको छ ।
घटनास्थलमा स्थानीयको भीड लागेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले महराको शव फेला परेको र मृत्यू कसरी भएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।