छोरी समेत जन्माए पछि प्रेमिकालाइ बेवास्ता : वाईसिएल नेता वलात्कार आरोपमा पक्राउ

छोरी समेत जन्माए पछि प्रेमिकालाइ बेवास्ता : वाईसिएल नेता वलात्कार आरोपमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १३ असार २०८२
  • 6.7K
    Shares

पोखरा १३ असार २०८२।

नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएलका रूकुम पश्चिमको चौरजहारी नगरपालिका इन्चार्ज रेशम केसी पक्राउ परेका छन् ।

जाजरकोटकी १७ वर्षीया एक किशोरीलाई आफूलाई बलात्कार गरेर गर्भवती बनाई छोरी जन्माएको तर अहिले आफुलाई बेवास्ता गरेको भन्दै जाजरकोटकी १७ वर्षीया एक किशोरीले जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा उजुरी दिए पछी वाईसिएल नेता केसी पक्राउ परेका हुन्। वाईसीएलको कर्णाली प्रदेश कमिटी सदस्यसमेत रहेका केसी गएराति रूकुम पश्चिमको सानीभेरी गाउँपालिकाको एक होटेलबाट पक्राउ परेका प्रहरीले जानकारी दिएको छ।

रूकुम पश्चिम प्रहरी प्रमुख प्रमेश विष्टका अनुसार किशोरीले दुई महिना पहिले उनीविरूद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गरेकी थिइन् । जाहेरीमा रेशमले २०७९ सालमा चौरजहारीको एक होटेलमा लगेर बलात्कार गर्दा गर्भ बसेर छोरीको जन्म भएको समेत उल्लेख छ ।

पहिले विभिन्न आश्वासन दिएर उजुरी दिनबाट रोके पनि आश्वासन पूरा नगरेपछि युवतीले उजुरी दिएकी हुन् । पक्राउ परेका केसीलाई म्याद थप गरेर अनुसन्धान अघि बढाइने बताईएको छ ।

स्रोतका अनुसार बलात्कारपछि गर्भ बसेको जानकारी पाएपछि केसीले गर्भ पतन गराउन खोजे पनि किशोरीले मानेकी थिइनन्। छोरीको जन्म भएपछि क्षेत्रीले सबै खर्च व्यवस्थापन गर्छु। मुद्दा मामिला नगर भन्दै रोक्दै आएका किशोरीको आरोप छ।

प्रतिक्रिया
सम्बन्धित समाचार