धुवाँ फाल्दै पोखरामा हुँइकिने बसहरु ट्राफिक प्रहरी कारबाहीमा तीब्रता

धुवाँ फाल्दै पोखरामा हुँइकिने बसहरु ट्राफिक प्रहरी कारबाहीमा तीब्रता


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १२ असार २०८२
  • 4.9K
    Shares

पोखरा १२ असार २०८२।

केहिदिन यता पोखरामा ट्राफिक प्रहरीले धुवाँ फाल्दै हुँइकिने बसहरुलाई कारबाही गर्ने कार्यलाई तीब्रता दिईरहेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले यातायात ब्यबस्था कार्यालय पोखरा, सवारी शाखाको सहयोगमा ट्राफिक प्रहरीले केहिदिन यता पोखरामा धुवाँ फाल्दै हुँइकिने बसहरुलाई कारबाही गर्ने कार्यलाई तीब्रता दिएको हो।

सोही क्रमामा बुधबार मात्र पोखराको सडकमा धुवाँ फाल्दै हुँइकिने नौ वटा बसहरुलाई समातेर कारबाहीका लागि यातायात व्यवस्था कार्यालय सवारी शाखा, गण्डकीमा पठाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

यस अघि पनि धुवाँ फाल्दै हुँइकिने ६ वटा सवारी साधनलाई कारबाहीका लागि यातायात कार्यालय पठाएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार