पोखरा ९ असार २०८२।
इलाममा मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।
झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ८९ प २२६६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो करिब ४ बजेतिर इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडास्थित मेची राजमार्गमा ठक्कर दिंदा एक जोडीको मृत्यु भएको हो।
उक्त दुर्घटनामा मोटरसाइकल चालक बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका १ का २६ वर्षीय मदनबहादुर बोहरा र पछाडि सवार जाजरकोट छेडागाडा नगरपालिका–८ बस्ने २३ वर्षीया सिर्जना गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। एआईद्वारा तयार चित्र