पोखरा ८ असार २०८२।
कैलालीमा १६ दिनकी सुत्केरी एक महिलाको उनकै देवरले हत्या गरिदिएका छन्।
कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी १९ वर्षीया तुलसी नाथकाे उनकै देवरले हत्या गरिदिएका हुन्।
भाउजुले लगाएको सुनका गहना हत्याउनका लागि भाउजु सुतेकाे बेला देवर नवीन नाथले सिरानीले मुख थुनेर भाउजुको हत्या गरेको पाइएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले जानकारी दिए।
डिएसपी चन्दका अनुसार , भाउजुकाे हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घरनजिकै ढुङ्गामुनि लुकाएको अवस्थामा प्रहरीले फेला पारेको छ।
शुुक्रबार बिहान घर नजिकैकाे नालामा मृत भेटिएकी तुलसी नाथकाे हत्या आरोपमा उनकै सहाेदर देवर नवीन नाथलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनकाे १६ दिनकाे नवजात शिशु भने सकुशल फेला परेकाे थियो ।