पोखरा ७ असार २०८२।
डोटीमा शुक्रबार दिउँसो जिप दुर्घटना हुँदा चालकसहिततीन जनाको मृत्यु भएको छ। दिपायलबाट आदर्श गाउँपालिका ७ दहकालिकातिर जाँदै गरेको सु प्र प्र ०१००१ ज१३९५ नम्बरको जिप शुक्रबार दिउँसो एकबजेतिर आदर्श गाउँपालिका – १ दोबाजमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर जिप चालक समेत रहेका आदर्श गाउँपालिका–७ का सुरेशबहादुर कार्की, सायल गाउँपालिका –६ का काली कटुवाल र सायल गाउँपालिका –५ की हरुदेवी विकको मृत्यु भएको आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्काले जानकारी दिए।
भर्खरै कालोपत्रे भएको सो सडकमा जिप दुर्घटनामा परेर घाइते भएका पांच जना घाइते भएका छन्। उनीहरुको डोटीको सिलगढी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।
जिपमा ८ जना सवार थिए।