पोखरा,५ असार २०८२।
विराटनगरमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा स्कुटरमा सवार बुबाको मृत्यु भएको छ भने छोरा सामान्य घाइते भएका छन्।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ क ९५३ नम्बरको टिपरले उत्तरतर्फ नै जाँदै गरेको प्र १–०२–०४८ प ३७८१ नम्बरको स्कुटरलाई बुधबार दिउँसो २ः३० बजेतिर भित्री पक्की सडक खण्डअन्तर्गत विराटनगर महानगरपालिका–३ पञ्चेश्वर मन्दिरअगाडि ठक्कर दिंदा बिबाको मृत्यु भएको हो भने छोरा सामान्य घाइते भएका अचन।
उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका स्कुटरको पछाडी सवार मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का अन्दाजी ४८ वर्षीय सुशील बजगाईंलाई बूढीगंगाको विराट शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए। सोही दुर्घटनामा उनका २० वर्षीय छोरा स्कुटर चालक प्रितम बजगाईंलाई भने सामान्य घाइते भएको प्रहरीले बताएको छ।
दुर्घटनालगत्तै टिपर चालक मोरङको कानेपोखरी गाउँपालिका–३ का ३३ वर्षीय कूलदीप चौधरीलाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ । टिपर चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।