पोखरा, १ असार २०८२।
तनहुँमा स्कुटर दुर्घटना हुँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्।
दमौलीबाट डुम्रेतर्फ जादै गरेको ग २५ प ४१३ नं. को स्कुटर तनहुँकाे व्यास न. पा. वडा नं. १२ कमलबारी स्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा छोराको मृत्यु भएको हो भने उनका बुबा घाइते भएका छन्।
उक्त स्कुटर दुर्घटनामा घाइते भएका स्कुटर चालक गोरखानगरपालिका वडा नम्बर १३ अगुवा देउराली बस्ने २२ वर्षीय आसिक बाबू नरालकाे उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सोहि दुर्घटनामा परेर घाइते भएका उनका बुबा ४७ वर्षीय कृष्णप्रसाद नरालको दमौली अस्पतालमा नै उपचार भैरहेको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ।