पोखरा, १ असार २०८२।
आफ्नै प्रेमिकाको नग्न तस्बिर सामाजिक सञ्जालमा हाल्ने गोरखाका एक युवा पक्राउ परेका छन्। जिल्लाको शहिदलखन गाउँपालिका–२ निवासी १९ वर्षीय जिफ्रान थापा मगर आफ्नै प्रेमिकाको नग्न तस्बिर सामाजिक सञ्जालमा हालेको आरोपमा पक्राउ परेका हुन्।
अभियुक्त थापा मगरले आफ्नी प्रेमिकालाई सामाजिक सञ्जालमा भिडियो कल गर्न लगाई विभिन्न बर बहाना बनाई विश्वास दिलाई अश्लिल हर्कत गर्न लगाएर मोबाइलमा स्क्रिन रेकर्ड गरेर सार्वजनिक गरिदिएको प्रहरीले जानकारी दिएको छ।
उनलाई अहिले विद्युतिय कसूरमा मुद्वा दर्ता गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक ईन्द्र प्रसाद सुवेदीले जानकारी दिए।
आफ्नी प्रेमिकाको आफुसंग भएको भिडियो कलको स्क्रिन रेकर्ड गरेको प्रमाण पनि प्रहरीले उनको मोबाइलबाट फेला पारेको छ। आफ्नै मोबाईलमा सुरक्षित रहेका त्यस्ता अस्लिल हरकतका भिडियो अन्य साथीभाईलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्न लगएर आफ्नो चरित्र हत्या गर्नुका साथै अपमान समेत गरेको भन्दै पिसित युवतीले प्रहरीमा उजुरी दिएकी छिन।
अभियुक्त थापा मगरले प्रयोग गरेको मोबाईल गोरखा प्रहरीले फरेन्सीक ल्याबमा परिक्षणको लागी पठाएको र त्यसको अनुसन्धान प्रतिवेदन आउन बाँकी रहेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर बि.क.ले उक्त कसूर विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ ले निषेधित गरेको कार्य भएको भन्दै सो गर्ने जो कोहीलाई कानून बमोजिम दण्ड सजायको ब्यवस्था भएको कोही कसैले कुनै पनि बर–बहानामा कोही कसैको अश्लिल तथा गोप्य राख्नुपर्ने फोटो भिडियोहरु खिच्न÷कैद नगर्नुहुन अनुरोध गरेको छ ।
यदी कोही कसैले त्यस्तो कार्य गरे गराएको भए तत्कालै गोरखा प्रहरीमा सम्र्पक राखी जानकारी दिन पनि प्रउ बिकले आग्रह गरेका छन् ।