मोरङमा गएराती मोटरसाइकल दुर्घटना : सहायक प्रहरी हवल्दारको मृत्यु, श्रीमती र छोरी घाइते

मोरङमा गएराती मोटरसाइकल दुर्घटना : सहायक प्रहरी हवल्दारको मृत्यु, श्रीमती र छोरी घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १ असार २०८२
  • 5.6K
    Shares

पोखरा, १ असार २०८२।

मोरङमा मोटरसाइकल दुर्घटनामा परेर प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ भने उनको श्रीमती र छोरी घाइते भएका छन् ।

पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र १–०२–०४३प २४७१ नम्बरको मोटरसाइकल शनिबार साँझ ८ः०० बजे पूर्वपश्चिम राजमार्गको पथरी–कानेपोखरी सडक खण्डको कानेपोखरी गाउँपालिका–७ डाँसमोरङ्गी पुल नजिकै दुर्घटनाग्रस्त हुँदा प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको हो।

चौधरीसंगै उनी कार्यरत प्रहरी चौकी जमुना इलाममा कार्यरत चौधरीकी श्रीमती प्रहरी जवान विमला धिमाल र दुई वर्षीया छोरी जेसन घाइते पनि घाइते भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहन विक्रम दाहालले जानकारी दिए । विमलाको कान र खुट्टामा चोट लागेको छ भने छोरीको टाउकोमा चोट लागेको छ । उनीहरू दुवैको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ ।

उनीहरु चढेको उक्त मोटरसाइकल डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। सांकेतिक चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार