ओखलढुंगामा एकैपटक तीन शिशुलाई जन्म

ओखलढुंगामा एकैपटक तीन शिशुलाई जन्म


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३१ जेष्ठ २०८२
  • 4K
    Shares

पोखरा, ३१ जेठ २०८२।

ओखलढुंगामा एक महिलाले तीन शिशुलाई एकसाथ जन्म दिएकी छिन। मोलुङ गाउँपालिका ६ श्रीचौरका ३२ वर्षिय हिरा तामाङले शुक्रबार शल्यक्रिया मार्फत एकै पटक तीन शिशुलाई जन्मदिएकी हुन् ।

ओखलढुंगा सामुदायिक अस्पताल मिसनका स्त्रीरोग विशेषज्ञ डाक्टर रमिता कँडेलको नेत्तृत्व सहित पांच जना स्वास्थ्यकर्मीको टोलीले बिहान १० बजेर ४० मिनेटमा सफल शल्यक्रिया सम्पन्न गरेको थियो । जन्मिएका शिशुहरु तीनै जना छोरी हुन । शिशुहरु मध्ये पहिलो २.२ सय ग्राम, दास्रो १.९ सय ग्राम र तेस्रोको २.३ सय ग्राम तौल रहेको छ ।

तीनै जना शिशु र आमाको स्वास्थ्य अवस्था हालसम्म सामान्य रहेको विशेषज्ञ डाक्टर कँडेलले जानकारी दिईन । तामाङ दम्पतीका पहिलो सन्तान ७ वर्षको छोरा छ ।

अस्पतालको इतिहास मै एक आमाले एकै पटक ३ जना शिशुलाई जन्म दिएको ओखल्ढुङगामा पहिलो पटक हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार