वीरगञ्जमा भारतीय ट्रकमा मोटरसाइकल ठोक्कियो : दुई जनाको मृत्यु , एक जना घाइते

वीरगञ्जमा भारतीय ट्रकमा मोटरसाइकल ठोक्कियो : दुई जनाको मृत्यु , एक जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० जेष्ठ २०८२
  • 9.3K
    Shares

पोखरा, ३० जेठ २०८२।


वीरगञ्जमा आज बिहानै रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

बिग्रिएर वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट सडकखण्डको सिताराम चोकस्थित सडक छेउमा रोकी राखेको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकमा आज बिहान करीब पांच बजेतिर सिर्सियाबाट ड्राइपोर्टतर्फ जाँदै गरेको बा.प्र. ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किंदा दुई जनाको मृत्यु भएको हो।

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–३ झलमहिया निवासी २३ वर्षीय रामाकान्त यादव र २३ वर्षीय विजय यादवलाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याइएकोमा उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए। सोहि दुर्घटनामा परेर २२ वर्षीय विजयकुमार यादव गम्भीर घाइते भएका छन् र उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेकाले नारायणी अस्पतालमै उपचार भइरहेको छ।

दुर्घटनापछि ट्रक चालक घटनास्थलमा ट्रक छाडेर फरार भएको प्रहरीले जनाएको छ। हाल चालकको खोजी जारी रहेको डीएसपी लम्सालले बताए।प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260