पोखरा, २७ जेठ २०८२।
पोखरा बस्दै आएका एक युवा तनहुँको आँबुखैरेनीमा अबैध लागू औषध गाँजासहित समातिएका छन्।
पोखराको न्युरोडमा बस्दै आएका गोरखाको पालुङटार नगरपालिका-१० स्थायी घर भएका २५ वर्षीय दिनेश श्रेष्ठ अबैध लागू औषध गाँजासहित समातिएका हुन्।
मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख १६१९ नम्बरको यात्रुवाहक माइक्रो बसमा सवार श्रेष्ठ ऑबुखैरेनी गाउँपालिका-४ बाट अबैध लागू औषध गाँजा ६ किलो २ सय ग्रामसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय ऑबुखैरेनीले जनाएको छ ।