आजको मौसम कस्तो रहला ?

आजको मौसम कस्तो रहला ?


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ जेष्ठ २०८२
  • 6.8K
    Shares

भारी वर्षा

पोखरा, २५ जेठ २०८२।
आइतबार कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

आइतबार राति कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार