पोखरा, २३ जेठ २०८२।
पोखराबाट अबैध लागू औषधसहित पांच जना पक्राउ परेका छन्।
पोखरा महानगरपालिका वडा नम्बर ५ धारापानीस्थित डेराकोठाबाट बाग्लुङको गलकोट नगरपालिका वडा नं. १ दुधिलामाटी स्थाई वतन भएका २० वर्षीय मौसम पुन र पोखरा २ अर्चलबोट बस्ने १९ वर्षीय राजा मगरलाई अबैध लागू औषधसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उनीहरुको साथबाट प्रहरीले लुकाई छिपाई राखेको लागूऔषध Tapentadol Tablets 100 mg लेखिएको ९६ ट्याव्लेट, लागू औषध गाँजा ३०० ग्राम, र मोवाईल थान-२ समेत वरामद भएको प्रहरीले बताएको छ। उनीहरुबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा छ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले पोखरा म.न.पा. वडा न.१८ लामागाँउ बस्ने बर्ष ५१ को गोरे पुन र बर्ष २७ को शंकर घलेलाई पोखरा १८ लामागाउँबाट लागूऔषध Tapentadol Tablets 75mg लेखिएको १००
ट्याब्लेटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
यता वडा प्रहरी कार्यालय बगर र सि.आर.भी. बाग्लुङ बसपार्कबाट खटिएको प्रहरी टोलिले सुनसरी धरान उप महानगरपालिका वडा नम्बर ८ स्थायी घर भई हाल पोखरा ५ बस्ने बर्ष ३५ को सुरज सुनारलाइ पोखरा ४ नालामुखबाट अबैध लागूऔषध Tapentadol Tablets 100mg लेखिएको ७५ ट्याव्लेट र Tapentadol Tablets 75mg लेखिएको ८ ट्याब्लेट गरी जम्मा ८३ ट्याब्लेट र नगद रु.२०,००० सहित पकराउ गरिएको प्रहरीले जिकिर गरेको छ। सुनारबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।