पोखरा आउदै गरेका स्कुटर र ट्रक स्याङजामा ठोक्किए : २४ वर्षीया युवतीको मृत्यु

पोखरा आउदै गरेका स्कुटर र ट्रक स्याङजामा ठोक्किए : २४ वर्षीया युवतीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ जेष्ठ २०८२
  • 23.2K
    Shares

स्याङजा, २३ जेठ २०८२।

स्याङजामा आज बिहान स्कुटर र ट्रक ठोक्किंदा घाइते भएकी एक युवतीको मृत्यु भएको च।

स्याङ्जाको फेदीखोला गाउँपालिका–१ कुभिण्डेमा पोखरा आउँदै गरेका ना४ख ९३३१ नम्बरको ट्रक र एएबी ०२४३ नम्बरको स्कुटर शुक्रबार बिहान एकापसमा ठोक्किंदा घाइते भएकी युवतीको मृत्यु भएको हो।

उक्त घटनामा घाइते भएकी स्कुटर चालक पुतलीबजार नगरपालिका १२ तोरीखोला बस्ने ३३ वर्षीय जितमाया थापाको प्रदेश अस्पताल पुतलीबजारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।

प्रहरीले ट्रक र ट्रक चालक नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका २ बस्ने ३९ वर्षीय भिम बहादुर बंशी ठकुरी र स्कुटरलाई नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।
जाँदै

प्रतिक्रिया
सम्बन्धित समाचार