नवलपरासीको सुनवलमा आफ्नै बाबु र छिमेकीको हत्या

नवलपरासीको सुनवलमा आफ्नै बाबु र छिमेकीको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ जेष्ठ २०८२
  • 13K
    Shares

पोखरा, २३ जेठ २०८२।

नवलपरासीमा आज दिउसो एक युवाले आफ्नै बाबु र छिमेकीको हत्या गरेका छन्। जिल्लाको सुनवल नगरपालिका–२ औरहियामा शुक्रबार बिहान ११ बजे २७ वर्षीय हेमराज थारुले ५० वर्षीय आफ्नै बाबु दयाराम थारु र ७० वर्षीय छिमेकी नाथु धरिकारको हत्या गरेका हुन्।

हेमराजले दुबैजनाको टाउकोमा कोदालो प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिए।

स्थानीय बासिन्दाका अनुसार, हेमराज केही समयदेखि मानसिक रूपमा अस्थिर देखिएका थिए भने परिवारमा पनि बेला–बेलामा विवाद हुने गर्थ्यो। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ र थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार