पोखरा, १९ जेठ २०८२।
चोरी गरेको आरोपमा काभ्रेबाट एक जना वडाध्यक्ष पक्राउ परेका छन्। काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष अशोक गौतम चोरीको आरोपमा पक्राउ परेका हुन् ।
गत असोज १०-१३ गते खोलामा आएको बाढीले बगाउँदा बाँकी रहेको थानसिङ बेसीको पुलको सामान चोरी गरेर बेचेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।