स्याङ्जामा मोबाइल चोरेर भागेका दुई जना स्याङ्जाली युवा पोखराबाट पक्राउ

स्याङ्जामा मोबाइल चोरेर भागेका दुई जना स्याङ्जाली युवा पोखराबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ जेष्ठ २०८२
  • 4.8K
    Shares

पोखरा, १७ जेठ २०८२।

स्याङ्जामा मोबाइल चोरेर भागेका दुई जना स्याङ्जाली युवा पोखराबाट पक्राउ परेका छन्।

स्याङ्जाको पुतलीबजार नगरपालिका ३ मजुवास्थित चुनी कुमारी मल्लको डेरा कोठाबाट मोबाइल चोरी गरेर भागेका दुई जना स्याङ्जाली युवा शुक्रबार पोखराबाट पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा आधिँखोला गाउँपालिका ५ चिलाउने भाटी स्थायी घर भएका २१ वर्षीय पवन परियार र अर्जुनचौपारी गाउँपालिका ४ स्थायी घर भएका शाहिल गुरुङ रहेका प्रहरीले जानकारी दिएको छ। उनीहरु हाल पोखरा महानगरपालिका ५ मालेपाटन बस्ने गरेको प्रहरीले बताएको छ।

उनीहरुबिरुद्ध स्याङ्जा जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा नौदिनको म्याद थप भै अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार