पोखराबाट दुई जना डाँका पक्राउ : झन्डै ७५ तोला सुनचाँदीका गरगहना बरामद

पोखराबाट दुई जना डाँका पक्राउ : झन्डै ७५ तोला सुनचाँदीका गरगहना बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १६ जेष्ठ २०८२
  • 29.5K
    Shares

पोखरा, १६ जेठ २०८२।

पोखराबाट दुई जना डाँका पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नं.१३ स्थित माटेपानीबाट डाँका चोरी गरेको आरोपमा गत मंगलबार राती दुई जना पक्राउ परेका हुन्।

पक्राउ परेका अभियुक्तहरुमा कञ्चनपुर स्थायी वतन भई नवलपुर्पको कावासेती नगराप्लिका वडा नम्बर ११ बस्ने वर्ष ३४ को तेजेन्द्र खड्का र पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १३ स्थायी घर भई हाल पोखरा ५ पर्स्याङ बस्ने वर्ष ३२ को टिकाराम वि.क. रहेका छन्।

उनीहरुको साथबाट पांच तोला चार लाल तौल भएको सुनको डल्ला , बिभिन्न किसिमका चाँदिका सात तोला ६४ लाल बराबरका चाँदीका गरगहना , २१ तोला, ३० लाल तौल भएको विभिन्न किसिमका चाँदिका सिक्का ६ थान र अन्य विभिन्न किसिमका गरगहना (ब्रासलेट, सिक्री, लकेट) गरगहना बनाउन तयारी अवस्थामा रहेका कच्चा पदार्थ समेत गरी जम्मा ७४ तोला ४६ लाल बराबरका सुन तथा चाँदीका गरगहना बरामद भएको प्रहरीले जानकारी दिएको छ। उनीहरुले डाँका चोरीका लागि प्रयोग गरेको ग २० प ३४६३ नम्बरको स्कुटर पनि बरामद भएको प्रहरीले दाबी गरेको छ।

अभियुक्तहरुबिरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा आठ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार