पोखरामा स्कुटरको ठक्करबाट लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिको मृत्यु

पोखरामा स्कुटरको ठक्करबाट लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १६ जेष्ठ २०८२
  • 4.4K
    Shares

पोखरा, १६ जेठ २०८२।

पोखरामा स्कुटरको ठक्करबाट एक जना लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिको मृत्यु भएको छ।

पोखराको सृजनाचोकमा प्र.३–०२–००७ प २०२९ नम्बरको स्कुटरले ठक्कर दिंदा गम्भीर घाइते भएका कास्की जिल्लाको मादी गाउँपालिका–५, सिक्लेस घर भई पोखरामा बसोबास गर्दै आएका लैङ्गिक तथा यौनिक अल्पसंख्यक ईच्छा क्षेत्री भन्ने विष्णुबहादुर बुढाथोकीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

प्रहरीका अनुसार , गएको जेठ १२ गते राति करिब १०:५० बजे सृजनाचोक र सभागृह चोकबीचको सडक खण्डमा सडक पार गर्ने क्रममाबुढाथोकीलाई उक्त स्कुटरले ठक्कर दिएको थियो। त्यतिबेला स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका बुढाथोकीलाई तत्काल उद्धार गरी अस्पताल पुर्याइएकोमा उपचाराकी क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

उक्त दुर्घटनापश्चात फरार रहेका स्कुटर चालक काठमाडौँ महानगरपालिका–२६ निवासी ३३ वर्षीय समिरराज महर्जनलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका महर्जनलाई सवारी ज्यान सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी कास्की जिल्ला अदालतको आदेशमा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार