गणतन्त्र दिवसको बिदा मनाउने क्रममा मर्दीखोला खानेपानी मुहानमा पौडी खेल्दा दुई बालकको मृत्यु

गणतन्त्र दिवसको बिदा मनाउने क्रममा मर्दीखोला खानेपानी मुहानमा पौडी खेल्दा दुई बालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १६ जेष्ठ २०८२
  • 6.6K
    Shares

पोखरा, १६ जेठ २०८२।

पोखरेली जनताले पिउने पानीको मुहान पोखरा महागनरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको बाँधमा डुबेर दुई जना बालकको मृत्यु भएको छ।

उक्त बाँधमा पौडी खेल्ने क्रममा माछापुछ्रे गाउँपालिका–६ का १४ वर्षिय विशाल परियार र १३ वर्षिय विवश परियारको मृत्यु भएको हो।

पौडी खेल्ने क्रममा बिहिबार दिउँसो पौने २ बजे डुबेर बेपत्ता भएका दुई बालकहरू मृत भेटिएका प्रहरीले जानकारी दिएको छ। शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

गणतन्त्र दिवस बिदाको दिन बिहिबार बल खेल्न भन्दै अस्ताम गाउँबाट निस्किएका छ जना बालकहरु दिउसो गर्मी भए पछि मर्दीखोलाको काहनेपानीको मुहानको बाँधमा पौडी खेल्न गएका थिए। विशालले खोलाले बगाएका दुई साथीमध्ये अर्का साथीलाई निकालेर बचाएको तर आफू भने डुब्न पुगेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र कटवालको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले बालकहरूको शव करीव २० फिट गहिराईबाट बाहिर निकालेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार