पोखरा, १४ जेठ २०८२।
चितवनको मुग्लिङनजिकै नाग्दी खाेला भिरमा एउटा मोटरसाइकल अड्किएको अवस्थामा देखिएको छ।
बा. प्रदेश – ०२-०५५प-७३४८ नम्बरको मोटरसाइकल नाग्दी खाेला नजिकको भिरमा अड्किएको अवस्थामा देखिएको हो ।
भीरमा मोटरसाइकल भेटिएको खबर पाए पछि प्रहरी घटनास्थलमा पुगेको छ। तर उक्त मोटरसाइकलका चालक को हुन् र उनी कता गए अथवा मोटरसाइकल दुर्घटनामा परेको हो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।