एकाबिहानै नवलपुरमा मोटरसाइकल दुर्घटना : दुईको मृत्यु , एक घाइते

एकाबिहानै नवलपुरमा मोटरसाइकल दुर्घटना : दुईको मृत्यु , एक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ जेष्ठ २०८२
  • 7K
    Shares

पोखरा, १३ जेठ २०८२।

आज एकाबिहानै नवलपुरमा भएको मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

अम्रसाबाट चोरमारा तर्फ आउँदै गरेको लु ९ प ८११६ नम्बरको होण्डा साइन मोटरसाइकल मध्यविन्दु नगरपालिका–७ अम्रसा जंगलस्थित भित्री बाटोमा आज बिहान करीब छ बजेको समयमा दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन्।

उक्त दुर्घत्रनामा परेर मध्यविन्दु–७ चोरमाराका २४ वर्षीय नविन कुमाल तथा हाल वतन नखुलेका २२ वर्षीय रादिम मिधुनको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ घर भई चोरमारा क्षेत्रमै टायल–मार्बल मिस्त्रीको रूपमा कार्यरत २८ वर्षीय मनिष घर्ती मगर गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी मधुसूदन नेपालले बताए ।

बाटो चिप्लो भएको कारण चालकले नियन्त्रण गुमाउँदा उक्त मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार