गएराती चितवनमा इभी कार र बस ठोक्किए : कार चालकको मृत्यु

गएराती चितवनमा इभी कार र बस ठोक्किए : कार चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ जेष्ठ २०८२
  • 10.1K
    Shares

पोखरा, ९ जेठ २०८२।

गएराती चितवनमा इभि कारलाई बसले ठक्कर इभी कारका चालकको मृत्यु भएको छ।

पूर्व पश्चिम महेन्द्र राजमार्गमा उदयपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ११५७ नं.को इभी कार गएराति १:०५ बजे चितवनको खैरहनी नगरपालिका-२ ज्यामिरेचोकस्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा एक आपसमा ठक्कर खाँदा कार चालककाे मृत्यु भएको हो। मृत्यु हुनेमा खैरहनी नगरपालिका-८ बस्ने ४२ वर्षीय प्रतिप तिमल्सिना रहेका छ्न्।

दुर्घटनामा परि गम्भीर घाइते भएका तिमल्सिनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर ल्याइएकोमा अस्पतालले आज बिहान ३ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए।

दुवै सवारी र बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको खनालले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार