लागू औषध मुद्दामा बागलुङका किसान १३ वर्षपछि कारागार चलान

लागू औषध मुद्दामा बागलुङका किसान १३ वर्षपछि कारागार चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ जेष्ठ २०८२
  • 4.9K
    Shares

पोखरा, ८ जेठ २०८२।

लागूऔषध गाँजा तथा चरेश कारोबार सम्बन्धि मुद्दामा बागलुङका एक युवा कारागार चलान भएका छन्।

उक्त मुद्दामा बिगत १३ वर्षदेखि फरार रहेका बागलुङको गलकोट नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३९ को आकाश किसान बागलुङ जिल्ला कारागार चलान भएका हुन्।

बागलुङ जिल्ला अदालतले २०६८ साल जेठ २४ गते लागूऔषध गाँजा तथा चरेश कारोबार सम्बन्धि मुद्दामा आकाश किसानलाई पाँच वर्ष कैद र सात हजार रुपैया जरिवाना हुने फैसला गरेको थियो। त्यस यता फरार रहेका किसानलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेर फैसला कार्यान्वयनका लागी जिल्ला अदालत मार्फत जिल्ला कारागार बागलुङ पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार