रवि लामिछानेको निवेदनमा आज पनि सकिएन सुनुवाइ, हेर्दा हेर्दैमा

रवि लामिछानेको निवेदनमा आज पनि सकिएन सुनुवाइ, हेर्दा हेर्दैमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ जेष्ठ २०८२
  • 3.8K
    Shares

पोखरा, ८ जेठ २०८२।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको निवेदनमा आज पनि सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ।

सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गरी आफूलाई थुनाबाहिरै रहेर मुद्दा लड्न दिनु पर्ने उनको माग छ। यस्तै जिल्ला अदालतले सोही मुद्दामा थुनामा पठाएका छविलाल जोशीको निवेदनमा पनि सँगै सुनुवाइ भइरहेको छ।

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार र बिहीबार सुनुवाइ भएपनि बहस सकिएको छैन। अब शुक्रबार सुनुवाइ हुनेछ। शुक्रबार भने आदेश आउने सम्भावना छ।

बिहीबार रवि र छविका वकिलको बहसपछि सरकारी वकिलले पनि बहस गरेका छन्। शुक्रबार जवाफी बहस पनि हुनेछ।

जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरे पनि उच्च अदालत बुटवलले थुनामै राख्न आदेश दिएपछि रवि चैत २२ गते पक्राउ परेका थिए।

हाल रवि रुपन्देही जिल्ला कारागारमा थुनिएका छन्। रविसँगै सोही मुद्दाका अर्का प्रतिवादी पूर्वडीआईजी छविलाल जोशी पनि सोही कारागारमा छन्।

एउटै मुद्दामा रुपन्देही जिल्ला अदालतले छविलाई थुनामा पठाएको तर रविलाई एक करोड धरौटीमा रिहा गरेको भन्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेका थिए।

जसमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत चैत २२ गते रविलाई पनि थुनामै राख्न आदेश दिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार