लागू औषध तथा मादक पदार्थ सेवन गरेर प्याराग्लाइडिङ उडाउने एक पाइलट पोखरामा पक्राउ

लागू औषध तथा मादक पदार्थ सेवन गरेर प्याराग्लाइडिङ उडाउने एक पाइलट पोखरामा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ जेष्ठ २०८२
  • 13.8K
    Shares

पोखरा, ६ जेठ २०८२।

लागू औषध तथा मादक पदार्थ सेवन गरेर प्याराग्लाइडिङ उडाउने एक जना पाइलट सोमबार पक्राउ परेका छन्।

ट्राफिक प्रहरी र आफू मातहतको ठुलो प्रहरी शक्तिसहितको दलबल बोकेर पोखरा १८ सराङकोटको तोरीपानी पुगेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्याम ओलीयाको टोलीले लागू औषध तथा मादक पदार्थ सेवन गरेर प्याराग्लाइडिङ उडाउने एक जना पाइलटलाई सोमबार पक्राउ गरेको हो।

पक्राउ परेका प्याराग्लाइडिङ पाइलट पोखरा १८ तोरीपानीकै विशालबहादुर क्षेत्री रहेको कास्की प्रहरीले जानकारी दिएको छ। पाइलट क्षेत्रीबिरुद्ध लागुपदार्थ सेवनको कानून अनुसार कारवाही प्रक्रिया अगाडि बढाइने कास्की प्रहरीको भनाइ छ ।

एसपी ओलीयाको नेतृत्वमा रहेको उक्त दलबलसहितको टोलीले ३९ जना पाइलटहरूको मादक पदार्थ एबम १५ जनामा लागू औषध सम्बन्धि चेकजांच गरेको थियो। त्यस मध्ये एक जनाले मात्र लागू औषध तथा मादक पदार्थ सेवन दुवै गरेर प्याराग्लाइडिङ उडाएको भेटिएको कास्की प्रहरीले जानकारी दिएको छ।

प्याराग्लाइडिङको लागि पोखरा प्रख्यात छ । यहाँ करिब १६ वटा कम्पनीले व्यावसायिक रुपले यात्रुलाई आकासमा लगेर कावा खुवाउँछन् । करिब १५० जति व्यावसायिक पाइलट यो पेशामा संलग्न छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार