पशुपति क्षेत्रको कार्यालयभित्रै जुवातास खेलिरहेका संस्कृति महाशाखा प्रमुखसहित सात जना पक्राउ

पशुपति क्षेत्रको कार्यालयभित्रै जुवातास खेलिरहेका संस्कृति महाशाखा प्रमुखसहित सात जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ जेष्ठ २०८२
  • 3.7K
    Shares

पोखरा, ४ जेठ २०८२।

प्रहरीले पशुपति क्षेत्र विकास कोष अन्तर्गत श्रीपशुपतिनाथ अमालकोट कचहरीको कार्यालयभित्रै जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ।

कोषका संस्कृति महाशाखा प्रमुख ईश्वरमान भण्डारीसहित सात जनालाई नगदसहित प्रहरीले पक्राउ गरेको हो।

नेपाल प्रहरीको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुकदेव खनालले जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरिएको पुष्टि गरे ।

सो सम्बन्धमा आबश्यक अनुसन्धान अघि बढाइएको डिएसपी खनालले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार